Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


189
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे बस्ने तय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए।

बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उनको भनाइ छ। काँग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा सय सिट पाउनुपर्ने अडान लिँदै आएको छ।

तर, गठबन्धनभित्र दलहरुले आफ्नोतर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उनको भनाइ छ । कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ।

यस्तै बैठकमा चुनावी अभियान सञ्चालनका सन्दर्भमा पनि निर्णय लिइने छ। यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गतेसम्म गर्न शीर्ष तहमा सहमति भएको छ । सो सहमतिलाई कार्य सम्पादन समितिले अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्