Logo
Logo

बाढीपीडितको उचित व्यवस्थापनका लागि सरकार गम्भीर : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले बाढीपीडितहरुलाई तत्कालीन भन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको बताउनुभएको छ । “बाढी र डुबानको समस्या समाधानको दीर्घकालीन उपायको लागि सरकारले योेजना बनाउँदैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालीन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ ।”

केही समयभित्रै बाढीले क्षति पु¥याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले सांसदहरुलाई बताउनुभएको छ । “केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहतको केही कार्यक्रमसहित प्रदे नं २ मा आउँछु” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्