Logo
Logo

सन्राइज बैंक र महिला चेम्बर अफ कमर्सबीच सहकार्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । सन्राइज बैंक तथा नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बर अफ कमर्सबीच व्यापार साझेदारसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा महिला चेम्बर अफ कमर्सका अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै महिला चेम्बर अफ कमर्समा आबद्ध सम्पूर्ण सदस्यलाई बैंकका तर्पmबाट वित्तीय क्षेत्र तथा करका विषयमा विविध तालिम कार्यक्रम आयोजना गरिने बताइएको छ ।

साथै, संघमा आबद्ध महिला आयात÷निर्यातकर्तालाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमूलक कार्यक्रम गरी उद्यमीका अन्तर्राष्ट्रिय बजार पहँुच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्