Logo
Logo

राजश्व कार्यालयमा घुसखोरी, दुई लाख नपाएपछि लिलामी नै राेकियाे




नेपालगञ्ज । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा खुलेआम घुसखोरी चल्न थालेको छ । घुसकै विवाद हुँदा लिलामीका काम समेत अवरुद्ध हुन थालेका छन् ।


कार्यालयका सहायक अधिकृत मान बहादुर विश्वकर्माले खुलेआम घुस माग्ने गरेको स्रोत बताएँछ । जफत गरिएका वस्तुको लिलामी सेटिङमा हुने र पैसा नदिए उनले प्रक्रिया नै रोक्ने गरेका छन् ।


यस्तै चलखेलका कारण कार्यालयमा रहेको पाँच सय तीन बोरा चामल, १८ बोरा चिनी र एक सय २८ बोरा गरम मसला बिग्रिएको छ । यी सामान अमन ट्रेडर्स र एम जनरलले प्रक्रिया पुर्याएर लिलामीमा सकार्न लागेका थिए । तर, सहायक अधिकृत विश्वकर्माले दुई लाख रुपैयाँ मागेका थिए । पैसा नपाएपछि लिलामीको निर्णय नै हुन सकेन । जसकारण सामान बिग्रिएको छ । यसबाट राज्यलाई लाखौं नोक्सान भएको छ ।


उनले बाँकेका सफल अटोपार्टस्, अन्सारी अटोपार्ट्स, कालिका अटोपार्ट्स लगायत कम्पनीसँग मासिक रुपमा पैसा उठाउने गरेको स्रोत बताउँछ । ती कम्पनीमा भारतबाट तस्करी भएर आएका अटोपार्टस् बिक्रि हुने थाहा पाएपछि यसरी कारबाही नगरी असुली हुने गरेको छ ।


बाँकेमा रहेको राजश्व कार्यालले १६ वटा जिल्ला हेर्दछ । राजश्व छलीका घटनामा विस्तृत छानबिन भन्दा धेरै सेटिङ हुने गरेका कारण कर्मचारी मालामाल हुने गरेका छन् भने राज्य खोक्रो बनिरहेको छ ।

सहायक अधिकृत विश्वकर्माले आफु हाकिमको पैसा उठाउने खास मान्छे भएको र माओवादीमा पनि उच्च नेतासँग पहुँच भएको भन्दै कार्यालयमा असुली धन्दा बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्