Logo
Logo

प्राइम बैंकको सिईओमा पुनः मानन्धर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । पाका बैंकर नारायणदास मानन्धर प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्ती गरेको हो ।

यस बैंकको स्थापना देखि नै सीईओको भूमिकामा रहेका मानन्धरले यस बैंकमा १२ वर्ष अर्थात तीन कार्यकाल काम गरिसकेका छन् । उनी चौथो कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।
पुनः नियुक्ति भएपछि मानन्धरले राष्ट्र बैंकको नीतिअनुसार मर्जर र एक्विजिशनमा जोड दिने बताए । बैंकले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ बनाईसकेको जानकारी दिदै एकरढेड वर्षभित्र चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने बताए ।
पुँजी वृद्धि मात्र आफ्नो प्राथमिकता नभएको उनले प्रष्ट पारे । ‘बैंकका सेयरधनीले पाउने लाभांश पनि घट्नु भएन । गत वर्ष १६ प्रतिशत बोनस सेयर दिएका थियौ । भविष्यमा पनि त्यो भन्दा बढी प्रतिफल कसरी दिन सकिन्छ भनेर हामी काम गछौं’ उनले भने–‘थोरै खर्चमा अधिकतम प्रतिफल लिने गरी हामी काम गर्दै आएको छौं । हाम्रो सञ्चालन खर्च निकै कम छ ।’

प्राइम बैंकमा एउटा वाणिज्य बैंक र केही विकास बैंक मर्ज गराउने योजनाका साथ काम भईरहेको उनले बताए । मर्जर तथा एक्विजिशनमा जाँदा पुँजी पनि बढ्ने, विजनेश पनि बढ्ने र नाफा पनि नघट्ने मानन्धरको भनाई छ ।

मानन्धरसँग निरन्तर ५० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । लामो समय बैकिङ क्षेत्रमा काम गरेकाले व्यवसायिक समूदायका अधिकांश मान्छेलाई उनले नजिकबाट चिन्छन् ।
कृषि विकास बैंक स्थापनादेखि नै सो बैंकमा आवद्ध मानन्धर पछि क्रमशः राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकमा आवद्ध भएका हुन् । उनले २०६० को दशकमा स्थापना भएका बैंकहरु मध्ये राम्रो बैंकको रुपमा प्राइम बैंकलाई स्थापित गराएका थिए । सकारात्मक सोच भएका बैंकरका रुपमा उनलाई धेरैले चिन्दछन् ।

प्रतिक्रिया दिनुहोस्