Logo
Logo

बिवाईडीले अटो शोमा ३५० किमी माइलेजको नयाँ गाडी ल्याउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन । अटो शोमा बिवाईडीले पहिलोपटक सहभागिता जनाउँने भएको छ । साइमेक्स इंकले नेपालमा इलेक्ट्रीक कार बिक्री सुरु गरेको चार वर्षपछि बल्ल नाडा अटो शोमा पहिलोपटक सहभागिता जनाउन लागेको हो ।
पछिल्ला समय इलेक्ट्रीक गाडीप्रति आकर्षण बढेसँगै कम्पनीहरु एकपछि अर्को इलेक्ट्रीक गाडी बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यसैबेला बिवाईडीले अटो शोमा सहभागिताले त्यसप्रति थप आर्कषण बढाउने विश्वास गरिएको छ ।
बिवाईडी इलेक्ट्रीक कार उत्पादक गर्ने कम्पनीमा अग्रणी मानिन्छ । नेपालको सरकारी निकाय र राष्ट्र प्रमुखले बिवाइडीका ई–६ मोडलका एसयूभी चढ्दै आएका छन् । कम्पनीले नाडा अटो शोमा ई–६ सहित नयाँ मोडल एम–३ सार्वजनिक गर्ने जनाएको छ ।
बीवाईडीले नाडा अटो शो–२०१९ मा सार्वजनिक गर्ने मिनि मल्टियूटिलिटी भेइकल (एमपीभी) एम–३ हो । उक्त मिनि एमपीभी एम–३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले यसको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ ।
बीवाईडी एम–३ ले एकपटक फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यो गाडीको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्