Logo
Logo

परराष्ट्रका सहसचिवको नियुक्ति विवादमा



काठमाडौं, २६ पुस।
सरकारले सहसचिव अमृत राईलाई न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगको स्थायी प्रतिनिधिमा नियुक्त गरेपछि परराष्ट्र मन्त्रालयमा असन्तुष्टि देखिएको छ । राईलाई लगातार दुई वटा राजदूत पद दिइएकोमा मन्त्रालयमा असन्तुष्टि देखिएको छ ।


न्यूयोर्क पठाउन राईलाई गत महिना दक्षिण अफ्रिकाबाट फिर्ता बोलाइएको थियो । परराष्ट्रमा थोरै सहसचिवले मात्र यसरी लगातार दुई पटक राजदूत पद पाएका छन् ।
अर्काेतर्फ न्यूयोर्कमा विगतमा सचिवहरुलाई पठाउने गरिएको थियो । तर, परराष्ट्रका सचिव शंकर बैरागी सो पदमा जान नमानेको स्रोत बताउँछ । उनी मुख्यसचिव हुने दौडमा लागेका छन् ।
सहसचिव भरतराज पौड्याल मन्त्रालयका बरिष्ठ सहसचिव हुन् । तर, पौड्याललाई नपठाई राईलाई पठाइएकोमा कतिपयले असन्तुष्टि जनाएका छन् । राई सत्तारुढ दलका निकट भएकाले उनलाई न्यूयोर्क पठाइएको हो । तर, यसले मन्त्रालयका इमान्दार कर्मचारीहरु भने रिसाएका छन् । मन्त्रालयमा राजनीतिक पहुँच नभएका कर्मचारीहरु सधैं पीडित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्