Logo
Logo

बालबालिकालाई असल संस्कार सिकाउँ : मन्त्री चौधरी


819
Shares

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेख्नुभएको छ । अरुनिता कान्जिलाल पनि धेरै मेहनेत गरेर चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनेत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले,’ उनले भने, ‘त्यसैले सफलता पाउन हामीले मिहेनत गर्नुपर्छ ।’

बालबालिकाले असल संस्कार सिक्न जरुरी रहेको उनको भनाइ छ । ‘तपाईँहरु असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरु नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’

सहरी मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्