काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ-आफ्नो जिल्लामा जान निर्देशन दिएका छन् ।

युवा संघको आयोजनामा हुने मेची–काली जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आ-आफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन् । उनले भने, ‘यो कामठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुहोस्, आ-आफ्नो जिल्ला जानुहोस् । आ- आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’
प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिमा भोट खसाल्नै पर्ने उनले बताए । उनले थपे, ‘जिल्ला जान मात्रै ठूलो कुरो होइन, तपाईं उम्मेदवार बन्ने हो कि होइन, त्यो ठूलो कुरा होइन । पार्टीको पक्षमा मत खस्ने कि नखस्ने कुरा ठूलो हो । त्यहाँ पार्टीको पक्षमा मत खसाल्न लगाउनुपर्ने हुन्छ । प्रत्यक्ष उम्मेदवार छ भने प्रत्यक्ष उम्मेदवारको पक्षमा, प्रत्यक्ष उम्मेदवार छैन भने पनि समानुपतिमा भोट खहाल्नै पर्ने हुन्छ ।’
उनले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्ने पनि बताए । मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरुले लाखौं भोट गुमाएको उनको भनाइ थियो ।














