Logo
Logo

नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । खड्कालाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो ।
साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए । उनले भने, ‘आम उपभोक्ताले घरमै बसेर बीमा पोलिसी किन्न सक्ने वातावरण बनाउने छु । मेरो प्राथमिकता भनेकै बीमा बजारलाई डिजिटाइजेशन गर्नु हो ।’ निर्जीवन बीमा क्षेत्रको पहुँच विस्तार गर्न नयाँ क्षेत्रमा प्रवेश गर्ने समेत उनको योजना छ ।
उनले सरकारले लिएको नीति बमोजिम मर्जर प्रक्रियालाई अघि बढाउने योजना समेत सुनाए । ‘नेको अन्य कम्पनीसँग गएर गाभिदैन’, उनले भने, ‘हामी अन्य कम्पनीलाई गाभ्ने छौँ । सरकारले लिएको नीतिलाई सघाउन सधै अग्रसर रहने छु ।’
२०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)मा असिटेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरेका थिए । अधिकृतमा काम गर्दै गर्दा एनआईबीएल छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् ।
खड्काले स्टाण्डर्ड फाइनान्समा पनि डिजीएम भएका काम गरेका थिए । स्टाण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर भएका थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यसयता उनी डेपुटी सिइओ थिए ।
हाल नेको इन्स्योरन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ । उक्त कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्