Logo
Logo

उदयपुरको ताप्ली गाउँपालिकामा प्राइम बैंकको शाखा




काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले उदयपुरको ताप्ली गाउँपालिकामा शाखा सञ्जाल विस्तार गरेको छ । पुस २५ गते बुधबारदेखि शुभारम्भ सो शाखाको स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा एक समारोहका बीच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले उद्घाटन गरेका हुन् ।

आगामी दिनेमा पनि शाखा विस्तारलाई निरन्तरता दिँदै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने कार्यकारी अधिकृत मानन्धरले बताए । यो शाखा सञ्चालनसँगै बैंकको शाखा संख्या ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्