Logo
Logo

सिन्धुलीको पर्यटकीयस्थल फिक्कल महोत्सव माघ २ देखि, १ लाख पर्यटक भित्र्याउने लक्ष



काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कलडाँडालाई विश्वसामू चिनाउन यही माघ २ देखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।

फिक्कल डाँडाको उचाइ ७७७१ फिट छ । यहाँबाट उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथालगायतका १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । त्यस्तै दक्षिणतर्फ होचिंदै गएका रमणीय डाँडाकाँडा एवं तराईको समतल फाँट नियाल्न सकिन्छ । यहाँबाट देख्न सकिने सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । फिक्कलको उत्तरतिर रहेको महाकाली देवीस्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरु छन् । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले जानकारी दिए ।
धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवद्र्धन गर्न यस गाउँपालिकाको नाम फिक्कल राखिएको गाउँपालिका उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक पार्वती सुनुवारले बताईन् । फक्कलको पर्यटकीय महत्वलाई प्रवद्र्धन गर्न सके गाउँपालिकाको आर्थिक र सामाजिक समृद्धि गर्न सकिने उनको दावी छ ।
महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटीआदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार,प्रसार, विक्रि एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा ¥याप्टिङ गराउने उद्देश्य महोत्सवले लिएको गाउपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । ६ दिनसम्म चल्ने महोत्सवमा १ लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।
महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वितिय संस्था तथा अन्य सेवामुलक संघ-संस्थाहरुको सेवाबारे जानकारी, प्याराग्लाईडिङ्ग, ¥याफ्टिङ्ग लगायत रहेका छन् । महोत्सवमा आउनेहरुलाई जिल्लाकै अग्लो डाडा फिक्कल, जिल्लाकै अग्लो ठाउँमा रहेको खेल मैदान रचने थामको अबलोकन गराउने ब्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए ।
मेलामा गाउँपालिका भित्रका जातजातिका विविधताको प्रदर्शन, सुुवार, राइ र मगर जातिको झाँकी तथा नृत्य प्रदर्शन, बाम्ह्रण जातिको भजन प्रदर्शन, ख्याति प्राप्त कलाकारहरु विच दोहोरी गीत कार्यक्रम र सर्कसहरु रहने छन् । त्यस अबसरमा उद्योग,पर्यटन,कृषि सम्वन्धि अन्तरकृया कार्यक्रमसमेत राखिएको उपाध्यक्ष सुनुवारले बताइन् ।

प्रतिक्रिया दिनुहोस्