Logo
Logo

कुपण्डोलमा सनराईज बैंकको ११७ औं शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सनराईज बैंकले ललितपुरको कुपन्डोलमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सबै क्षेत्रका ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उदेश्यले उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।

बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ । यसै क्रममा कुपण्डोलमा ११७औँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा गरेका हुन् ।

हालसम्म बैंकले ११७ वटाशाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्