Logo
Logo

पाटा नेपालद्धारा पोखरामा ‘द आर्ट अफ सेलिङ डेस्टिनेशन’ तालिम सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्य तथा सहयोगमा यही अगष्ट ९ र १० मा पोखरास्थित गेट भोकेशनल फ्याब स्कुलमा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ शीर्षकमा ६६ जना युवा पर्यटन कर्मी तथा सरोकारवालाहरुको उत्साहजनक सहभागिता सहित दुई दिने मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम एवं कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

पाटा नेपालले यस तालिम कार्यक्रम संचालनका लागि थाइल्यान्डस्थित विनिङ एड्जका प्रबन्ध निर्देशक डा. बर्ट भान वालबिक लाई नेपाल आमन्त्रण गरेको हो । कार्यक्रमलाई क्षेत्रिय होटल ब्यवसायी संघ चितवन, कैलाश ग्रुप नेपाल र गेट भोकेशनल फ्याब स्कुलले ह्स्पिट्यालिटी पार्टनरको रुपमा एवम बुद्ध एयरले एयरलाइन्स पार्टनरको रुपमा प्रायोजन तथा सहयोग गरेका छन ।

“माईस टुरिज्म” तथा “स्पेशल इन्टेरेस्ट टुरिज्म” को प्रवर्धन र बिक्री सम्बन्धी आवस्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने प्रमुख उद्धेश्यका साथ आयोजित कार्यक्रममा सहभागीहरुलाई पर्यटकहरुको आवश्यकता र बजारक्षेत्र अनुरुप प्याकेज निर्माण, प्रोडक्ट एवम गन्तब्यलाई निरन्तर रुपमा गर्वका साथ दिगो एवम फाईदाजनक तवरबाट प्रबर्धन एवम बिक्री गर्न सहभागी स्वयम आफैले कार्यान्वयन गराउन र नतिजाहरु मुल्याङ्कन गर्न सक्ने आवश्यक विधी, उपकरणहरु र रणनितीहरु इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो ।

कार्यक्रमका प्रशिक्षक डा बर्ट भान वालबिकले कुनैपनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुरेण्ट, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकले होईनस बरु गन्तब्यको आकषणले आफ्नो यात्रा कार्यक्रम निर्धारण गर्ने बताउनुभयो । फलस्वरुप, नेपाल गन्तब्य प्रबर्धन का निम्ति सबै एकिकृत भई अघि बढेमा भर्मण बर्ष २०२० ले पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सक्ने धारणा ब्यक्त गर्नुभयो ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिक्रित सुरेश सिहं बुडालले सहभागीहरु, सहयोगी संस्था एवम प्रयोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै सहभागीहरुलाई पाटा नेपालको भावी कार्यक्रमहरु तथा अभियानहरुमा सहभागी हुन आमन्त्रण गर्नुभयो । वहाँले ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम कार्यक्रम सहभागीहरुलाई आ–आफ्नो प्रोडक्ट वा सर्भिस सम्बन्धित हरेक प्रबर्धनात्मक एवम बाजारीकरण कार्य अभियानमा गन्तब्य प्रबर्धन लाई पहिलो प्राथमिकता प्रदान गर्नुपर्ने आवश्यकता र यसको महत्वका बारेमा अभिप्रेरित गराउन र सो का निम्ति प्रवद्र्धन, विक्री, नेगोसिएशन, प्रस्ताव लेखन र प्रस्तुतिकरण सम्बन्धी आवस्यक शिप र ज्ञान प्रदान गराउन उपलब्धिपुर्ण तालिम रहेको बताउनुभयो ।

कार्यक्रमको समापन सँगै सहभागीहरुलाई पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्