Logo
Logo

रामबहादुर बम्जनका सहयोगी पक्राउ




काठमाडौं, २६ पुस ।
विवादित धर्मगुरु रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले एक जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै एक जनालाई नियन्त्रणमा लिएको हो। सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट ईन्द्रबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।


सिन्धुली प्रहरी प्रमुख एसपी रामेश्वर यादवले एक जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे। उनका अनुसार स्याङतानसँगै आश्रममा रहेका गोपाल योन्जन पनिसँगै आएका छन्।
सिन्धुपाल्चोकबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले स्याङतानसँग सोधपुछ गरिरहेको जनाइएको छ। प्रहरी पहिलो चरणमा आश्रमबाट हराएका सञ्चलाल वाईवाको अनुसन्धानमा केन्द्रीत रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्