Logo
Logo

बलात्कारको नक्कली उजुरी दिने महिला पक्राउ




काठमाडौं । आफुमाथि बलात्कार भएको भनेर झुटो उजुरी दिने महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट घर भएकी ३४ वर्षिया महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।


गत ८ असोजमा आफुमाथि बलात्कार भएको भनेर उनले उजुरी दिएकी थिइन् । अनुसन्धानको क्रममा उनको उजुरी झुटो भएको खुलेपछि महिला पक्राउ परेको ठिकी वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्