Logo
Logo

न्यायालयमा सुधारको जग बसाएर कामु प्रधानन्यायाधीश कार्कीको अवकाश




काठमाडौं । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीले आइतबारदेखि अवकाश पाएका छन् । ६५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भ्रष्टाचार आरोपमा महाअभियोग दर्ता भएपछि उनले गत १ फागुनदेखि कामुका रुपमा न्यायालयको नेतृत्व सम्हालेका थिए । करिब सात महिनाको कार्यकालमा उनले न्यायालयमा केही सुधारको जग बसाएका छन् ।


उनकै नेतृत्वमा न्यायालयमा गोलासिष्टम लागु भएको छ । यसले अदालतमा हुने भ्रष्टाचारलाई धेरै हदसम्म न्यूनीकरण गरेको छ ।


त्यस्तै, भ्रष्ट न्यायाधीशविरुद्ध कारबाहीलाई तिव्रता दिएका छन् । उनको कार्यकालमा चार न्यायाधीश बर्खास्त भए भने अन्य एक दर्जनमाथि छानबिन चलिनै रहेको छ ।


त्यस्तै, न्यायाधीश नियुक्ति तुलनात्मक रुपमा पारदर्शी भएको छ । मुद्दाको फस्यौट पनि विगतको तुलनामा बढेको छ । जसकारण कार्कीको नेतृत्व न्यायालयमा सुधारका लागि थोरै भएपनि उपलब्धिमुलक भएको कर्मचारीहरु बताउँछन् ।
आइतबारदेखि बरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वाेच्चको कामु प्रधानन्यायाधीश हुनेछन् । २७ मंसिरमा चोलेन्द्रले अनिवार्य अवकाश पाएपछि उनी कन्फर्म प्रधानन्यायाधीश हुनेछन् । प्रधानन्यायाधीशमा नियुक्त भएमा उनले आगामी वर्ष भदौ अन्तिमसम्म नेतृत्व गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्