Logo
Logo

विवेकशील साझा पार्टी लुम्बिनीको सबै समिति खारेज


441
Shares

बुटवल । विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले राजनामा दिएका छन् । तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगरलगायत सबै समिति खारेज गरेको समेत उल्लेख गरेको छ । पूर्वअध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताएका छन् ।

प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल, कोषाध्यक्ष डा. अमित केसीलगायत ३१ जनाले राजीनामा दिएका छन् । उनीहरु पनि राप्रपामा जाने तयारीमा रहेको एक पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्