Logo
Logo

भारतीय विदेशीमन्त्रीसँग ज्ञवालीको भेटवार्ता, स्वराजलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं, २६ पुस ।
भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच भेटवार्ता भएको छ। भारतले आयोजना गरेको राइसिना डायलगमा सहभागी हुन पुगेका परराष्ट्र मन्त्री ज्ञवाली र समकक्षी स्वराजवीच बुधबार दिउँसो नयाँदिल्लीमा भेटवर्ता भएको हो। भेटवर्ताका क्रममा दुई देशबीचको सम्बन्धका साथै हालै भएका द्विपक्षीय सम्झौताहरुको प्रगतिका विषयमा छलफल भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। भेटवार्तामा सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा पहिचान भएका कृषि क्षेत्रमा साझेदारी, रेलमार्ग र इनल्याण्ड वाटरवेका क्षेत्रमा भएको प्रगतिको विषयमा छलफल भएको छ ।

भेटका क्रमम परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। उनले पाँचौँ नेपाल भारत जोइन्ट कमिसनको बैठक नेपाल आउन भारतीय विदेशमन्त्री स्वराजलाई निम्तो दिएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ।
भारतीय विदेशमन्त्री स्वराजले निम्तो स्विकार गरेकी छिन्। दुई समकक्षीबीच दुई देशबीचको जोइन्ट कमिसनको मिटिङ आपसी समझदारीमा शिघ्र बस्ने सहमती भएको छ। मन्त्री ज्ञवाली भारतको थिंक ट्यांक अव्जभर रिसर्च फाउन्डेसनले आयोजना गरेको राइसिना डाइलगको चौथो संस्करणमा सहभागि हुन दिल्ली पुगेका हुन्। उनी शुक्रबार स्वदेश फर्कनेछन् । भ्रमणका क्रममा ज्ञवालीले दिल्लीमा केही महत्वपूर्ण भेटवार्ताहरु गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्