Logo
Logo

माछापुच्छरे बैंकलाई आइएसओ ९००१ः २०१५ प्रमाणपत्र




काठमाडौं । माछापुच्छरे बैंक आइएसओ ९००१ः २०१५ मान्यता प्राप्त बैंकिङ संस्था बन्न सफल भएको छ । उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस÷युकेद्वारा प्रदान गरिएको हो । आइएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रक्रियागत शैली र निरन्तर सुधारलगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । आइएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भूमिका निर्वाह गरेवापत दिइने गरिएको छ ।

बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।
बैंकले पूर्व झापादेखि कन्चनपुरसम्म ८८ वटा शाखा, २ एक्सटेन्सन काउण्टरलगायत ५२ शाखारहित बैंकिङ सेवा गरी जम्मा १४२ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको अहिले देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्