
काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बिहीबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
असोज २० गते विमानस्थलबाट पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको म्याद दिइएको थियो । सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो।
सन्दीपविरुद्ध गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए।











