
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले जिल्लाबाट सिफरिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्ण ढंगले टिकट दिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष केपी ओलीले पार्टीको हितविपरित र स्वेच्छाचारी निर्णय गरेको बताएका हुन् । आफूलाई अछाम–२ बाट उम्मेदवार बन्नबाट रोक्न गरिएको निर्णय स्वेचछाचारी, अन्यायपूर्ण र गलत रहेको उनको भनाइ छ ।
जिल्लाबाट एकल सिफरिस भएको नामका विषयमा छलफल नै नगरी आफूमाथि अन्याय गरिएको उनको भनाइ छ ।











