Logo
Logo

डोटीमा प्रेम आलेको प्रतिस्पर्धी एमालेका गौरीकुमारी


7.2k
Shares

डोटी । डोटीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले साझा उम्मेदवार रहेका छन् । पूर्वमन्त्रीसमेत रहेका आलेले नेकपा एमालेसहित पाँच जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।

डोटीमा नेकपा एमालेले गौरीकुमारी ओलीलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले केशव बलायरलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का स्वतन्त्र उम्मेदवार छन् ।

गठबन्धनका साझा उम्मेदवार रहेका आलेका लागि एमालेसँग मात्र चुनौती रहेको देखिन्छ । अन्य दलका उम्मेदवारहरुको पकड देखिँदैन । डोटीमा राप्रपाको खाशै पकड छैन ।

प्रतिक्रिया दिनुहोस्