Logo
Logo

१२औँ वार्षिकोत्सवमा ग्लोबल आइएमईको रक्तदान



काठमाडौं । ग्लोबल आइएमई बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नाराका साथ आज पुस २६ गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

२०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ इएर द २०१४ तथा बेष्ट इन्टरनेट बैंकिङ अर्वाड २०१६, बेष्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भइसकेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा तीन सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्