Logo
Logo

यी हुन् ओलीमाथि भीम रावलले लगाएका ४१ आरोप (पूर्णपाठ)


9.9k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि ४१ वटा आरोप लगाएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर नेता रावलले ओलीमाथि खनिएका हुन् ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसिदिएको भन्दै रावलले आक्रोश पोखे । ‘मेरो टिकट षड्यन्त्रपूर्वक खोसियो । यदि सिफारिस हुँदा पनि मैले टिकट पाउँदिन भने पार्टी अध्यक्षलाई किन टिकट दिने ? संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा कहिले सहभागी नहुने तर आफूलाई बोल्न मन लाग्दा हामीलाई उपस्थित हुन उर्दी जारी गरिन्थ्यो । करिब दुईतिहाइको प्रधानमन्त्री हुँदा आधा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुने तर, निरन्तर देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेले किन उम्मेदवार हुन नपाउने? किन टिकट खोसिने ?’

ओलीले पार्टी सिद्धन्त विपरीत संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेको बताए । उनले भने, ‘तपाईं (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ । त्यो पार्टीको सिद्धान्त विपरीत भएन ?’

उनले ओलीले एमालेका दशौँ वर्ष योगदान दिएका नेताहरुलाई गुटका आधारमा टिकटबाट बञ्चित गरिएको बताए । १० भाइका नाममा टिकट नदिएर कत्लेआम गर्न खोजिएको आरोप पनि रावलले लगाएका छन् ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्