काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकको कानून व्यवसायीबाट शुक्रबार पेशी तोकिएको थियो ।

पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको बैंकिङ कसुर कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधीन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहीबार अदालतमा उजुरी दिएका थिए ।











