Logo
Logo

एमाले सुदूरपश्चिम सदस्यसहित पाँच जना निष्काशित


36.4k
Shares

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसहित पाँच जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उनीहरुलाई पार्टीबाट निष्काशन गरेको हो ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्यसमेत नहरनेगरी निष्काशन गरिएको एमालेले जनाएको छ ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार पार्टीबाट निष्काशन गरिएको हो ।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्