Logo
Logo

सरकारद्धारा नयाँ मर्यादाक्रम सार्वजनिक (यस्तो छ नयाँ मर्यादाक्रम)




काठमाडौं २६ पौष ।

सरकारले जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राख्दै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम सार्वजनिक गरेको छ। मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ ।

पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासन अनुरुप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो । मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख(उपप्रमुख, नगरपालिकाका प्रमुख(उपप्रमुख, तथा गाउँपालिका अध्यक्ष(उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो । मर्यादाक्रमको सूची १ देखि ३४ नम्बरसम्म छ ।
मर्यादाक्रममा मुख्यसचिवलाई १४ औं नम्बरमा राखिएको छ । प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्टारलाई १४ नम्बरमै राखिएको भए पनि यीमध्ये सबैभन्दा अघि मुख्यसचिवलाई राखिएको छ । यसैगरी, प्रदेश सभामुख र प्रादेशिक मन्त्रीलाई १५ औं स्थानमा राखिएको छ ।

मर्यार्दाक्रममा सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश , सभामुख, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रमलाई क्रमश पहिलेकै स्थानमा राखेको छ भने परिमार्जित मर्यादाक्रममा पाँचौ नम्बरमा रहेका प्रदेशप्रमुखलाई नयाँ मर्यादाक्रममा छैटौँ नम्बरमा राखिएको छ। सातौं स्थानमा राखिएको छ भने आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ ।आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ ।

सातौ नम्बरमा केन्द्रीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री ९आफ्नो प्रदेशभित्र०, प्रदेश प्रमुख ९आफ्नो प्रदेशभन्दा बाहिर०, प्रतिनिधिसभाका विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, प्रदेश सरकारका मुख्यमन्त्री ९आफ्नो प्रदेश बाहिर०,पूर्व प्रधानन्याधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, व्यवस्थापिका संसदका पूर्वसभामुख, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्व अध्यक्ष, सरकारका पूर्वउपप्रधानमन्त्री, सरकारका पूर्वमन्त्रीलाई राखिएको छ।

आठौँ नम्बरमा केन्द्रीय सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक (सत्ता पक्षको), प्रतिनिधिसभाका प्रमुख सचेतक – विपक्षी दलको, प्रनिितनिधि सभाका विभिन्न समितिका सभापति, राष्ट्रिय सभाका विभिन्न समितिका सभापति,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता,राष्ट्रियसभामा सत्तापक्षको नेता, राष्ट्रियसभामा सत्तापक्षको मुख्य सचेतक, राष्ट्रिसभामा विपक्षी दलको नेता, राष्ट्रियसभामा विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभाका सभामुखलाई राखिएको छ।

मर्यादाक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र पूर्वप्रधानन्यायधीश, संसद्का पूर्वअध्यक्षलाई, उपप्रधानमन्त्री, उपसभामुख, र उपाध्यक्षलाई नवौं स्थानमा राखिएको छ । १० औँ नम्बरमा प्रदेश सरकारका सहायक–मन्त्री, प्रदेश सभाका सचेतक, प्रदेशसभाका सदस्य, महानगरपालिकाका प्रमुख (काठमाडौँ महानगरपालिका बाहेक), जिल्ला समन्वय समितिका प्रमुखलाई राखिएको छ। ११ औँ नम्बरमा संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषद् सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रष्ट्रिार, उच्च अदालतका मुख्यन्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपतिलाई राखिएको छ।

प्रदेशसभाका उपसभामुख र प्रदेश राज्यमन्त्रीलाई १६ औं स्थानमा राखिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्र बैंकका गभर्नरलाई प्रदेश सरकारभन्दा तल राखिएको छ ।

मर्यादाक्रममा प्रदेशसभा सदस्य, पूर्वमन्त्री, सरकारका सचिव, सर्वोच्चका रजिस्टार, प्रदेश सरकारका प्रमुख सचिवलाई समान १९ औं स्थानमा राखिएको छ । जनपद र सशस्त्र प्रहरीका दुवै महानिरीक्षकलाई २० औं स्थानममा राखिएको छ । महानगरपालिकाका प्रमुखलाई २१ औं स्थानमा, जिल्ला समन्वय समितिका प्रमुख र प्रदेश लोकसेवा आयोगका सदस्यलाई २३ औं स्थानमा, उपमहानगरपालिकाका प्रमुख र महानगरपालिकाका उपप्रमुखलाई २४ औं स्थानमा राखिएको छ । यस्तै, नगरपालिकाका प्रमुखलाई २५ औं स्थानमा र गाउँपालिकाका प्रमुखलाई २७ औं स्थानमा राखिएको छ । मर्यादाक्रममा धेरै काम हुने नगरपालिका र गाउँपालिका वडा अध्यक्षहरूलाई मर्यादाक्रममा समावेश गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्