काठमाडौं । आईसीसी ट्वान्टी-२० मा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले पराजित गरको हो ।
पाकिस्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य भारतले निर्धारित २० ओभरमा ६ विकेटले पूरा गर्यो । भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै अविश्वसनयि जित दिलाए ।

हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । भारतलाई अन्तिम १२ बलमा ३१ रन चाहिँएको थियो । १९ औं ओभरमा हरिस रौफले १५ रन खर्चिएपछि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । कोहलीले अन्तिम दुई बलमा हरिस रौफलाई लगातार दुई छक्का हानेका थिए ।
अन्तिम ओभरको पहिलो बलमा हार्दिक पान्ड्या बाबर आजमबाट क्याच आउट भए । नवाजले दोस्रो बलमा दीनेश कार्तिकलाई एक रन दिए । कोहलीलाई तेस्रो बलमा दुई रन दिएपछि अन्तिम तीन बलमा १३ रन चाहिँएको थियो ।
कोहलीले चौथो बलमा छक्का हानेपछि ७ रन आवश्यक परेको थियो । छक्काको बल नो थियो । तीन बलमा ७ रन चाहिँएको थियो । लगत्तै अर्को बलमा वाइड फ्याँले ।
लगत्तै तीन रन वाइको रुपमा लिएपछि भारत जित नजिक पुगेको थियो । अर्को बलमा दीनेश कार्तिक स्टम्पिङ आउट भए । वाइड फ्याँलेपछि एक रन चाहिँएको थियो । अन्तिम बलमा दुई रन चाहिँएको थियो । फेरि वाइड फ्याँले । आश्विनले एक रन लिँदै जित पक्का गराए ।
एक समय ३१–४ को दयनीय अवस्थामा पुगेको भारतलाई विराट कोहली र हार्दिक पान्ड्याले ७८ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारी गर्दै जित नजिक पुर्याएका थिए ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाजले समान दुई विकेट लिए । नसिम साहले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भएका थिए । सान मसुद ५२ रनमा अविजित रहे । दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
नवौं नम्बरमा ब्याटिङका लागि मैदान आएका साहिन साह अफ्रिदीले आठ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए । यसबाहेक पाकिस्तानका कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा भारतबाट ट्वान्टी–२० विश्वकपमा ‘डेब्यु’ गरेका अर्सदीप सिंहले तीन विकेट लिए । यस्तै, हार्दिक पन्ड्याले पनि तीन विकेट लिँदा मोहम्मद सामीले दुई विकेट हात पारे ।











