Logo
Logo

बार्सिलोनाको सानदार जित


315
Shares

एजेन्सी । स्पेनिस् ला लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनले एथलेटिको बिल्वाओलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि फ्रान्सेली विंगर औसमाने डेम्वेलेले एक गोलसँगै तीन असिस्ट प्रदान गरे । त्यस्तै सर्जी रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसलेसमान एक–एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको १२औं मिनेटमा डेम्वेलेको गोलबाट अग्रता लिएको थियो । उनले लेवान्डोस्कीको पासमा गोल गरेका थिए । १८औं मिनेटमा सजी रोबर्टोले डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

२२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । उनले डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७३औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

यस नतिजासँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ११ खेलबाट २८ अंक पुगेको छ । समान खेलबाटै शीर्षमा रहेको रियलको ३१ अंक छ । पराजित विल्वाओ १८ अंक जोडेर छ्रैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्