Logo
Logo

माओवादीको घोषणापत्र : काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल


3.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । माओवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने प्रतिबद्दता जनाएको छ ।

त्यस्तै, माओवादीले काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवी खोला र मनोहरा करिडोरमा मोनो रेलको निर्माण कार्य अघि बढाउने जनाएको छ । चक्रपथ वरिपरि र बुढानिलकण्ठ-सानेपा तथा थानकोट-साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने पनि घोषणापत्रमा उल्लेख छ ।

माओवादी केन्द्रले अतिरिक्त पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य सहरमा मेट्रो र मोनो रेल, ट्रली लगायतका आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कार्य योजनाबद्ध रुपमा थालनी गरिने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्