Logo
Logo

पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?


441
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्