
काठमाडौं । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो
‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेज हुनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन । आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेजीको निर्णयविरुद्ध सोमबार नै रिट दायर गरेकी थिइन् । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले कार्कीको उमेदवारी खारेज गरेको थियो ।
दुवै रिटको प्रारम्भीक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोकेको छ ।












