Logo
Logo

अर्थमन्त्री र अमेरिकी राजदूतबीच शिष्टाचार भेट


252
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए ।

राजदूत नियुक्त भएपछि असोज २७ गते नेपाल आएका थम्प्सनले आज (मंगलबार) बिहान माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्