Logo
Logo

अमेरिकी सेना प्रमुख एडमिरल र रक्षामन्त्री पोखरेलबीच भेटवार्ता



काठमाडौं, २७ पुस । अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र प्रमुख एडमिरल फिलिप एस डेभिड्सन नेपाल भ्रमणमा आएका छन् । उनले शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गरे ।
सेना प्रमुख एडमिरल डेभिडसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग मन्त्रालयमै भेट गरेका हुन् । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको २ दिने भ्रमणमा बिहिबार यहाँ आएका हुन् । उपप्रधान तथा रक्षा मन्त्रीसँगको भेटमा एडमिरलले द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतिबारे छलफल गरेका छन् । उनीहरुबीच नेपाल र अमेरिकाले खेल्न सक्ने भुमिकाबारे कुराकानी मन्त्रालयले जनाएको छ ।
अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जनाए । भ्रमणमा रहेका सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग पनि भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्