काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएको सो पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा ‘टीकापुर थारू विद्रोह’का कारण नागरिक उन्मुक्ति पार्टीको जन्म भएको उल्लेख छ । त्यस्तै, नेपाली नीति, नेपाली परिवेशको समाजवाद, सामाजिक विकास संरचनाको सिद्धान्तलाई अवलम्बन गरेको बताइएको छ ।
हाल नागरिक उन्मुक्ति पार्टी साइवेरियाली पन्छीहरूका झुण्ड जस्तै रहेको पनि सो घोषणा पत्रमा उल्लेख छ । ‘हाम्रो नागरिक उन्मुक्ति पार्टी अहिले साइवेरियाबाट उडेको पन्छीको झुण्डजस्तै छ । भर्खरै साइवेरिया ताल छोडेको पन्छीले दक्षिण एसियाको सुन्दर देश नेपालको रारा,फेवा,घोडाघोडी पुग्न अझै केही महिना जरूर खर्चिनुपर्ला । तर गन्तव्य निश्चित छ,साइवेरियाको पन्छीजस्तै’ घोषणापत्रमा भनिएको छ ।












