Logo
Logo

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान अस्पतालबाट डिस्चार्ज


567
Shares


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बिहीबार एक चुनावी र्‍यालीमा गोली लागेर घाइते भएका ७० वर्षीय खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो ।

पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्