Logo
Logo

अर्थमन्त्री खतिवडाद्वारा रावा बैंकका १४ नयाँ शाखको उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काडमाडौं । अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ नयाँ शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गर्नुभएकोे छ । यसपछि बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ ।

उद्घाटन भएका नयां शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउँपालिका–४ स्थित शाखा कार्यालय चकचकी, मोरङ जिल्लाको धनपालथान गाउंपालिका-४ स्थित शाखा कार्यालय कर्सिया, कामनपा–३२ स्थित शाखा कार्यालय कोटेश्वर, टोखा नपा–७ स्थित शाखा कार्यालय टोखा, तनहुं जिल्लाको शुक्लगण्डकी नपा–६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउंपालिका–४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली नपा–१६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज नपा–८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ स्थित शाखा कार्यालय घोराही, पर्सा जिल्लाको पोखरीया नपा–४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा नपा–६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर नपा–४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा भएको समारोहमा प्रमुख अतिथि माननीय अर्थमन्त्री डा. युबराज खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व वृद्धि हुने गरी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक बैंकिङ सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताउनुभयो । उहांले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन रावा बैंक खरो रुपमा उत्रेको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले सीमित स्रोतसाधनको अभावमा पनि रावा बैंकले उत्कृष्ठ सेवासहित सवोत्कृष्ठ मुनाफा गरेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ प्रविधिलाई आत्मासाथ गरि समग्र बैंकको सुदृढीकरणको लागि क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोडिसन अभियान संचालन गरिरहेको बताउनुभयो ।

उक्त समारोहमा नेपाल राष्ट बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, कार्यकारी निर्देशकहरु देबकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, अर्जुनबहादुर अधिकारी, डा. माधब प्रसाद दाहाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रदेश कार्यालयका प्रमुख, कम्पनी सचिव, काठामाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले गत आव २०७५÷७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्