Logo
Logo

आज रातिदेखि भारत-चीनसँगको सीमानाका बन्द हुने


441
Shares

काठमाडौं । आज राजतिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । सरकारले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावस्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ ।

नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्