Logo
Logo

युक्रेनको गोलाबारीमा ५० रुसी सैनिक मारिए


504
Shares

एजेन्सी । युक्रेनको गोलाबारीमा परि ५० जना रुसी सैनिकहरु मारिएका छन् । मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर (४५ माईल) टाढा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा ५० जना रुसी सैनिक मारिएका हुन् ।

एउटै घटनामा यति ठूलो हताहत भएको यो दुलर्भ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनको हमलापछि रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले सामाजिक सञ्जालमार्फत बताएका छन् । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिकृया दिएको छैन् ।

अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ । पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठूलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्