काठमाडौं, १५ भदौ ।
एक चिनियाँ समूहले नेपालका बैंकमा साइबर आक्रमण गरेको छ । नक्कली एटिएम प्रयोग गरी एक समूहले बैंकहरुको करिब पाँच करोड रुपैयाँ निकालेको छ ।

शनिबार नेपाल आएर शनिबार बेलुका नै उनीहरुले एटिएमबाट पैसा निकालेका हुन् । दरबारमार्गस्थि नबील बैंकबाट ठूलो मात्रामा पैसा निकालेका थिए । डेढ करोड रुपैयाँसहित पाँच चिनियाँलाई पक्राउ गरी अनुसन्धान भइरहेको काठमाडौं परिसरका डिएसपी होमिन्द्र बोगटीले बताए ।
सो घटनापछि अन्तरबैंक एटिएम कारोबार बन्द गरिएको छ । अन्य बैंकहरुले पनि सर्तकता बढाएका छन् । उनीहरुले कसरी बैंकहरुबाट पैसा निकाले भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चिनियाँहरु चीनमा यससम्बन्धि योजना बनाएर नेपाल आएका थिए । नेपाल आएको भोलिपल्टै उनीहरुले यसरी पैसा निकालेका हुन् ।











