Logo
Logo

हेर्दै जानुस्, चुनावपछि ओली उत्तानो पर्छन् : मेटमणि


5k
Shares

दाङ । नेकपा एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले चुनावपछि एमाले सखाप हुने बताएका छन् ।

दाङ–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका चौधरीले एमालेले जनतामा भ्रमित सिर्जना गर्ने कार्य गरिरहेको बताउँदै चुनावपछि एमाले सकिने बताएका हुन् ।

चुनावी प्रचारका क्रममा दाङमा रहेको चौधरीले बिहीबार मतदाताको घरदैलो कार्यक्रममा बोल्दै एमालेले चुनावमा जनतालाई भड्काउन विभिन्न वहानाबाजी गरिरहेको समेत आरोप लगाए । उनले भने, ‘एमालेले जनतालाई भ्रमित गर्ने काम गरिरहेको छ । एमालेले भन्ने पार्टी चुनावपछि सखाप हुन्छ ।’

मन्त्री चौधरीले एमालेले जनतालाई फेरि गुमराहमा पारेर सत्ता हातमा लिन खोजिरहेको भन्दै यो प्रयासलाई मंसिर ४ मा जनताले देखाइदिनेसमेत बताए ।

देश र जनताको हितविपरीत काम गरेकाले केपी ओली मंसिर ४ पछि उत्तानो पर्ने उनको भनाइ छ । उनले भने, ‘देशको सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ र एमाले प्रतिपक्षमा बस्न लायक पनि रहँदै जानुहोला, चुनावपछि ओली उत्तानो पर्छन् ।’

पटक पटक संसदमाथि हमला गर्ने, संविधानको हत्या गर्न खोज्ने त्यस्ता शासकलाई अब जनताले तह लगाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्