Logo
Logo

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एयरपोर्टमै स्वागत


- दृष्टि न्युज/संवाददाता


मुख्यमन्त्री गुरुङसँग एयरपोर्टमा द हाइल्याण्ड आर्टकी कल्पना योङहाङ लिम्बू ।

काठमाडौं, १७ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ करिब १० दिनको बेलायत बसाइपछि स्वदेश फर्किएका छन् । नेपाली गुरुङ समुदायले आयोजना गरेको विविध सांँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी ६ भदौमा पत्नी कुमारीमुनि गुरुङसँग बेलायत गएका थिए ।


मुख्यमन्त्री गुरुङ सोमबार नेपाल फर्किएका हुन् । उनलाई स्वागत गर्न पूर्वएमालेसम्बन्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथ पुगेका थिए । जसमा शरण राई, कल्पना योङहाङ लिम्बू, गोकुल घर्तीमगर, देवराज राईलगायत रहेका थिए । उनीहरुले मुख्यमन्त्री गुरुङलाई खादाले स्वागत गर्दै बेलायत भ्रमणबारे कुरा गरेका थिए । उक्त कुरा द हाइल्याण्ड आर्टको प्रोपाइटर तथा कल्पना ढाका बुटिकी फेसन डिजाइनर कल्पना योङहाङले जानकारी गराएकी हुन् । ढाकाविद् समेत रहेकी कल्पनाले भनिन्, ‘उहाँ पहिले हाम्रो संगठनको पूर्वअध्यक्ष रहेकाले स्वागत गर्न गएका हौँ ।’


मुख्यमन्त्री गुरुङ १० दिन बेलायतमा रहँदा तमुहरुको संस्था तमु धिँ युकेले हरेक वर्ष आयोजना गर्दै आइरहेको मेलामा सहभागी हुनका साथै विभिन्न संघसंस्थाका व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आयोजना गरिएको मेलामा उनी मुख्य अतिथिका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्