Logo
Logo

पर्यटन मन्त्री गुहार्दै हनुमानढोकाका कर्मचारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयका कर्मचारीहरुको कार्यसम्पादनको मूल्यांकन गर्न अगाडि सरेका छन् । उनको मन्त्रालय अन्तर्गतका कार्यालयमा फेसबुक चलाउने र निदाउने कर्मचारीको विवरण संकलन गरिरहेको चेतावनी समेत उनले दिएका छन् । उनको मन्त्रालय अन्तर्गतको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, हनुमानढोकाका कार्यालय प्रमुख अरुणा नकर्मीले गरेको मनपरीका बिरुद्ध पनि मन्त्री भट्टराईको ध्यानाकर्षण हुनुपर्ने कर्मचारीको माग छ ।

अरुणा नकर्मी

कार्यालयका एक कर्मचारीका अनुसार प्रमुख नकर्मीले पुननिर्माणमा पूरै बेवास्ता गरेकी छन् । भूकम्पपछि क्षतिग्रस्त हनुमानढोकाका संरचना निर्माणमा उनले पूरै बेवास्ता गरेकी छन् । भूकम्प गएको ४ बर्ष भइसकेको छ । हनुमानढोका प्रमुख नकर्मीले कार्यालयमा इन्जीनीयर हुँदाहुँदै कन्सलटेन्सीलाई काम दिएर ५० प्रतिशत घुस लिने गरेको आरोप छ । कार्यालयका इन्जीनियर कामविहीन छन् । तर कार्यालयका सबै काम परामर्शदातालाई दिएकी छन् । परामर्शदाता र ठेकेदारलाई काम दिंदा सुरुमै प्रिपेड घुस मागेर भ्रष्टाचारमा कीर्तिमान नै कायम गरेकी छन् ।
कार्यालय प्रमुख नकर्मीले कार्यालयको बजेट पनि दुरुपयोग गर्दैआएकी छन् ।

कार्यालयको बजेटबाट घरका निजी सामान खरिद गरेर लैजाने गरेको आरोप उनीमाथि लागेको छ । कार्यालयको ६५४५ नम्बरको गाडी उनका श्रीमान वसन्त नकर्मीलाई दुरुपयोग गर्न छुट दिएकी छन् । जुन गाडी राति मदिरापान गर्न लिएर जाँदा बसन्त नकर्मीले ५ पटक दुर्घटना गराई कार्यालयको बजेटबाट मर्मत गराइएको छ । श्रीमानले भट्टीमा जाँदा दुर्घटना गराएको गाडी रकमान्तर गरेर समेत मर्मतको रकम निकासा गर्न लेखापाललाई दबाब दिने गरेको आरोप अरुणमाथि छ । कार्यालय प्रमुख नकर्मीका चारित्रिकदेखि आर्थिक भ्रष्टाचारका कारण कार्यालयकै बदनाम भइरहेकाले मन्त्री भट्टराईले बेलैमा उनको विकल्प खोजेर परिणाममुखी काम गर्ने ब्यक्तिलाई पठाउन पहल लिनुपर्ने कर्मचारी बताउँछन् । पर्यटन मन्त्री भट्टराईले मन्त्रालय अन्तर्गतका कार्यालयमा सुरु गरेको अनुगमनलाई पनि उनले ब्यंग्य गर्दै कम्युनिष्ट मन्त्रीका नखरा भन्दै उपहास गर्दैआएकी छन् ।

नकर्मीलाई कांग्रेस नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले कार्यालय प्रमुख बनाएका थिए । अहिले पनि शाही नकर्मीलाई बारम्बार भेट्न जाने गर्दछन् । उनी नेकपाबाट बिजयी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशन समेत अटेर गरी उपमेयर हरिप्रभा खड्गीको निर्देशनमा चल्दैआएकी छन् ।

प्रतिक्रिया दिनुहोस्