काठमाडौं, १८ भदौ ।
झुक्याएर सुन तस्करी गर्न खोज्ने एक युवक विमानस्थलमा पक्राउ परेका छन् । धारिलो हतियारको बिँडमा १० वटा सुनका बाला लुकाएर ल्याउँदै गरेका एक व्यक्तिलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

हतियारको बिँडमा ५० ग्रामका १० वटा बाला लुकाएर ल्याएको भेटिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा कास्कीका ५३ वर्षीय सन्तोष नेपाली छन्। बुधबार बिहान कतारको दोहाबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौं आएका थिए। सो क्रममा जाँच गर्ने बेला उनले बोकेको झोलामा सुनको बिँड भएको २ वटा चक्कु भेटिएको हो। नेपालीलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।











