Logo
Logo

एमालेलाई हालसम्म समानुपातिकतर्फ २१ लाखभन्दा धेरै मत


15.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन ।

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।

समानुपातिकतर्फको जारी गणनामा नेकपा एमालेले हालसम्म २१ लाख ३९ हजार ४५८ मत पाएको छ ।

एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ प्रदेश ४ लाख ५८ हजार ८५४ मत पाएको छ भने मधेस प्रदेशमा २ लाख ८४६ मत पाएको छ ।

त्यसैगरी, बाग्मती प्रदेशमा ३ लाख ६८ हजार ४५५ मत पाएको छ भने गण्डकीमा २ लाख ९५ हजार ७०५ मत पाएको छ ।

त्यस्तै, लुम्बिनीमा ४ लाख १७ हजार ६३८, कर्णालीमा १ लाख ७२ बजार ७८ र सुदूरपश्चिममा २ लाख १५ हजार ६३ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्