Logo
Logo

पत्रकार राईमाथि लगाइएको ‘साइबर क्राइम’को मुद्दा फिर्ता लिन फोनिजको माग


3.6k
Shares

काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले उदयपुरका पत्रकार गजेन्द्र राईलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आपत्ति जनाएको छ ।

फोनिजका संघीय सदस्यसमेत रहेका राईलाई २०७९ मंसिर ९ गते समाचार लेखेको विषयलाई लिएर प्रहरीले पक्राउ गरी ‘साइबर क्राइम’को मुद्दा चलाएपछि फोनिजले आपत्ति जनाएको हो ।

समाचार र समाचारसँग जोडिएका विषयसँग सम्बन्ध राख्ने विषय हेर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै विषयमा पत्रकार राईलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले विज्ञप्तिमार्फत पत्रकार राईमाथिको मुद्दा नितान्त समाचार लेखेकै आधारमा भएको हुँदा सम्बन्ध नरहने ‘साइबर क्राइम’को मुद्दा अविलम्ब फिर्ता लिई प्रेस जगतको अनुगमन गर्न राज्यले स्थापना गरेको आधिकारिक निकाय प्रेस काउन्सिल नेपालमार्फत निरुपणका लागि सरोकारवाला निकायसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्