Logo
Logo

दोलखामा कति मत ल्यायो एकीकृत समाजवादीले ?




काठमाडौं । राष्ट्रिय दल बन्न संघर्षरत नेकपा(एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दोलखामा पनि अपेक्षाकृत मत ल्याउन सकेको छैन । हालसम्म १७ हजार ३६८ मतको गणना हुँदा उसले ४०२ मत पाएको छ ।

दोलखामा सबैभन्दा धेरै एमालेले ६२८६, कांग्रेसले ५६५५ र माओवादीले २५४३ मत पाएको छ । त्यस्तै राप्रपाको ६३५ र राष्ट्रिय स्वतन्त्र पार्टीको ९४१ मत पाएको छ ।


राष्ट्रिय पार्टी बन्न समाजवादीलाई दोलखा, बाजुरा र स्याङजा २ बाट करिब १७ हजार मत ल्याउनुपर्ने अवस्था छ । तर, उसलाई करिब १० हजार मत कम हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्