Logo
Logo

सशस्त्र प्रहरीका तीन एसपी छानबिनमा




काठमाडौं । सशस्त्र प्रहरी बलले तीन एसपीमाथि छानबिन अघि बढाएको छ ।

१२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई आर्थिक अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको छ । सीमा नाकाबाट हुने तस्करीमा मिलेमतोको आरोप उनीहरुमाथि छ ।


ती जिल्लाबाट आएका उजुरी र अनुगमन समितिको प्रतिवेदनका आधारमा कारबाही स्वरुप हटाइएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले बताए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गल्ती गर्नेलाई तत्कालै कारबाही थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्