Logo
Logo

संसदीय दलको नेताका लागि शशांकसँग देउवाले मागे मत


4.6k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा.शशांक कोइरालासँग मत मागेका छन् ।

निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता कोइरालासँग मत मागेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनले भने, ‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेका छन्। तर पनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्